सिटी एक्सप्रेसद्वारा बम्पर उपहार हस्तान्तरण, भाग्यशाली विजेतालाई साढे सात लाख रुपैयाँ

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यालय भवनमा “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा, उक्त योजनाअन्तर्गत उनले पठाएको रकमको १८ गुणा वृद्धि भई ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका थिए। सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको विशेष उपस्थिति रहेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङ स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङ स्मार्ट टिभी, साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही रु ५०० को सिटी पे वालेट टप-अप उपहार दिइएको थियो। अन्त्यमा, एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम जित्ने अवसर पाउने योजना रहेको थियो। यस योजनाअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप-अप०) २४ जनाले साप्ताहिक उपहार (सामसुङ स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङ स्मार्ट फोन) जितिसकेका छन्।

कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ। प्रत्येक वर्ष फरक विषयवस्तु समेटेर क्यालेन्डर प्रकाशन गर्दै आएको सिटी एक्सप्रेसले यस वर्ष आर्थिक समृद्धिलाई मुख्य विषयवस्तु बनाएर क्यालेन्डर तयार पारेको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि रेमिटान्स क्षेत्रमा आफ्नो विशिष्ट पहिचान कायम गर्दै संसारभरबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ। हालै, यसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुचारु गरेको छ, जसअन्तर्गत सिटी पेबाट रेमिटान्स भुक्तानी पनि गर्न सकिने सुविधा उपलब्ध छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार