काठमाडौं । काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथ एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेको छ। यस कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई सम्मान गर्दै फ्यानहरूलाई मनपर्ने टोली र खेलसँग नजिक ल्याएको छ।
नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको स्कूटर र्याली बसन्तपुर र काठमाडौंका प्रमुख स्थानहरू हुँदै पुनः यामाहा ब्लू स्क्वायरमै समापन भयो। उत्साही राइडर, फ्यान तथा टिमका समर्थकहरूको सहभागितामा सम्पन्न यो भव्य र्यालीले फुटबलप्रतिको जोश र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धतालाई उजागर गर्यो।
र्यालीपश्चात्, यामाहा ब्लू स्क्वायरमा यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको आधिकारिक यात्राको सुरुवात गर्दै टिमको नयाँ जर्सी अनावरण गर्यो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक तथा मिडियाकर्मीहरूको उपस्थितिमा सम्पन्न यो अनावरण कार्यक्रमले युवा सहभागिता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई प्रमाणित) माइलेजका साथै एड्भान्स हाइब्रिड प्रविधिको सुविधा प्रदान गर्दछ, जसले नेपालमै उच्चतम माइलेज सुनिश्चित गर्छ। यसमा रियल-टाइम डायग्नोस्टिक्सका लागि ओबीडी-आईआई पनि उपलब्ध छ, जसले प्रत्येक राइडलाई कुशल, भरपर्दो र प्रदर्शनमुखी बनाउँछ। मैदानमा काठमाडौं रेजर्स जस्तै, रेजेडआर हाइब्रिड पनि उत्कृष्ट प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि तयार गरिएको छ, जसले आफ्ना राइडरहरूलाई असाधारण मूल्य प्रदान गर्दछ।
एनएसएल सिजन ३ नजिकिँदै जाँदा, यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल खेलको अनुभव प्रदान गर्ने तयारीमा छन्।
एमएडब्लू अन्तर्गतको यामाहा नेपाल, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिका लागि परिचित अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति बनाउँदै आएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर-सेल्स सर्भिसमार्फत निरन्तर बजारको नेतृत्व गरिरहेको छ। उत्कृष्ट गुणस्तर र ग्राहक सेवाप्रतिको प्रतिबद्धताका कारण, प्रत्येक यामाहा राइडरले सुरक्षित, सहज र रोमाञ्चक सवारी अनुभवको आनन्द लिइरहेका छन्।