काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुलाएको छ ।
बिहीबार सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी कोटामा पदपूर्ति गर्नेगरी शिक्षकहरू मागेको हो । आयोगका अनुसार नेपाली १०९, अँग्रेजी १७१, विज्ञान १०१, गणित ८०, सामाजिक १०९, स्वास्थ्य तथा शारीरिक २, संस्कृत व्याकरण २ र संस्कृत भाषा विषयमा १ शिक्षकका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
वैशाख १२ गतेसम्म दरखास्त अवधि रहेकोमा दोब्बर दस्तुर बुझाइ वैशाख १९ गतेसम्म दरखास्त दिन सकिनेछ ।
सूचना