नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आज कार्यालय समयभित्रसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको थियो । अन्तिम दिन सम्ममा पर्याप्त आवेदन नपरेपछि कम्पनीले चैत १४ गते सम्मलाई आवेदन मिति थप गरेको थियो ।

हकप्रद शेयरमा आवेदन दिन आवेदकले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्वा (-CASBA) प्रणाली मार्फत साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन्  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार