युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर सर्वसाधारणमा जारी

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुका नाममा रहेको उक्त संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्रीमा ल्याइएको हो ।

महेन्द्र गोयल, सन्दीप खेतान र ज्योतिकुमार सराबगीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले गत माघ ३० गते पहिलो प्राथमिकताअनुसार ३५ दिने सूचना जारी गरी संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको थियो ।

तर आवेदन नपरेपछि १५ दिने सूचना जारी गर्दै सर्वसाधारणमा उक्त शेयर जारी गरिएको हो । इच्छुक व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि आवश्यक कागजात संलग्न गरी कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारामा आफूले किन्न चाहेको शेयर कित्तासहित आवेदन दिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार