वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबी सम्झौता

काठमाडौं । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेड तथा एनएमबी क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता भएको छ ।

पानी उद्योगको क्षेत्रमा प्रिमियम शुद्ध प्रशोधित तथा प्रिमियम मिनरल मिश्रित शुद्ध पिउने पानी उद्योग सञ्चालन गरी नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापित वृजहिमालयन स्प्रिङले एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको हो ।

यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाएको छ ।

यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले पूर्ण ब्राण्डमा १ लिटर, ५०० मिलिलिटर, २५० मिलिलिटरको बोत्तलमा मिनरल पानी तथा २० लि. को जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार