सेन्ट्रल फाईनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं ।सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३५० औं बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले लाभांश वितरण नगर्ने व्यहोरा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । साथै कम्पनीले आगामी साधारण सभा प्रयोजनार्थ वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत सञ्चालक समिति बैठकले गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी भने ९४ करोड ८८ लाख रहेको छ ।

यस कम्पनीले विगतका वर्षमा ३४.७४ प्रतिशतसम्म लाभांश वितरण गरेको पाइन्छ तर पछिल्लो समयमा भने आफना शेयरधनीहरुलाई लाभांश दिएको छैन । पछिल्लो पटक आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट भने कम्पनीले कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार