सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
निर्मला राज भण्डारीको नाममा रहेको उक्त शेयर खरीदका लागि इच्छुक खरीकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट आवेदन पेश नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार