काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर (त्याग्ने) को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन देखि फागुन) सम्ममा ९ अर्ब ८७ करोड ६३ लाख बराबरको ७१ हजार ५५४ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १४ वटा जीवनबीमा कम्पनीमार्फत् उक्त बीमालेख त्याग गरेका हुन् ।
समिक्षा अवधिमा सबैभन्दा बढी एलआइसी नेपाल, नेपाल लाइफ , राष्ट्रिय जीवन बीमा कम्पनीका बिमतिले बीमालेखा त्याग गरेका छन् । आठ महिनाको अवधिमा एलआइसी नेपालको ३ अर्ब ९ करोड ९६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब ६३ करोड ७६ लाख, राष्ट्रिय बीमा कम्पनीको ९२ करोड ११ लाख बराबरको बीमालेख त्याग गरेका हुन् । उक्त कम्पनीको क्रमशः १७ हजार ८८९, १५ हजार ५७२ र १० हजार १४६ बिमतिले बीमालेख त्याग गरेका हुन् ।
त्यस्तै एशियन लाइफको ६१ करोड १४ लाख बराबरको ५ हजार ८२४ जनाले, नेशनल लाइफको ६० करोड ५१ लाख बराबरको ४ हजार १६० जनाले , सूर्यज्योति लाइफको ५३ करोड २१ लाख बराबरको ३ हजार ९६३ जना र हिमालयन लाइफको ४२ करोड २७ लाख बराबरको ४ हजार ५८४ जनाले बीमालेख त्याग गरेका हुन् ।
आठ महिनाको अवधिमा मेट लाइफको २७ करोड ९९ लाख बराबरको २ हजार ३७८ जनाले, सिटिजन्स लाइफको १८ करोड ४४ लाख बराबरको १ हजार ९५९ जनाले, सानिमा रिलायन्स लाइफको १७ करोड ४५ लाख बराबरको १ हजार २४७ जनाले, आइएमइ लाइफको १३ करोड ५३ लाख बराबरको १ हजार १९० जनाले, रिलयाबल नेपाल लाइफको ७ करोड ४४ लाख बराबरको १ हजार ९६ जनाले र सन नेपाल लाइफको ५ करोड ५५ लाख बराबरको ५२६ जनाले बीमालेख त्याग गरेका हुन् ।