आज काठमाडौँमा राजावादी र गणतन्त्रवादीको शक्ति प्रदर्शन, ३५ सय प्रहरी परिचालन

काठमाडौं । आज काठमाडौँमा राजावादी र गणतन्त्रवादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । नेकपा माओवादी, नेकपा समाजवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाको गणतन्त्र पक्षधर संयुक्त समाजवादी मोर्चाले भृकुटीमण्डप र राजतन्त्र पक्षधर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले तीनकुने क्षेत्रमा प्रदर्शन गर्दैछ ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शनलाई सरकारको पनि समर्थन रहेको छ । बिहीबार मध्यराति नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो । राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्दछन्। एक अर्काको आलोचना र विरोध पनि गर्दछन् । जनअभिमतवाट आफुलाई स्थापित गर्ने कोशिस समेत गर्दछन् । तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् ।’

व्यवस्था पक्षधर र विरोधी दुवैले प्रदर्शन गर्न लागेपछि सम्भावित मुठभेड रोक्न प्रहरीले काठमाडौँमा ३५ सय बढी प्रहरी परिचालन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गरिएको हो ।
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार