कोशी र गण्डकीमा वर्षा र हिमपात, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको  छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत सुदुरपश्चिम प्रदेशको तराईका केही भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राति सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत सुदुरपश्चिम प्रदेशको तराईका केही भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार