आज साल्ट ट्रेडिङ र सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारणसभा, के छन् एजेण्डा?

काठमाडौं । आज दुईवटा कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजेदेखि साल्ट ट्रेडिङको ५८औँ साधारणसभा हुँदैछ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको १० (दश प्रतिशतका दरले नगद लाभांश बापत तीन करोड २० लाख ७१ हजार छ सय ९५.५० रूपैयाँ (कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्नेछ ।

कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृत उपर छलफल गरि पारित गर्ने र. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

५८ औं वार्षिक साधारणसभाका लागि आर्थिक वर्ष २०८०/२०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

यस्तै आम्रपाली ब्यांक्वेट, नक्सालमा सिटिजन्स लाइफ इन्स्योरेन्सकोल ८ औँ साधारणसभा बैठक बस्दैछ ।

सभाले नगद लाभांश (कर सहित) र बोनस शेयर गरी २८.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

बैठकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको १.४२०२२ १.४२ प्रतिशतले हुने पाँच करोड ५९ लाख २१ हजार रुपैयाँ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार