नेको इन्स्योरेन्सको ६ लाख कित्ता शेयर लिलामीमा, शिलबन्दी बोलपत्र कहिलेसम्म ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता शेयर लिलामीमार्फत विक्री गर्ने भएको छ । कम्पनीले  संस्थापक समूहतर्फको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता न्यूनतम् २६० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाले चैत २९ सम्म कार्यालय समयभित्र तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्न सक्नेछन् । शेयर खरीदको लागि आवेदन गर्दा सम्पूर्ण ६ लाख कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्न पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाँउमा दस्तखत गर्नु पर्नेछ । शिलबन्दी खाम बाहिर “नेको इन्सुरेन्स लिमिटेडको संस्थापक शेयर खरीद आवेदन ” उल्लेख भएको हुनु पर्नेछ । शिलबन्दी आवेदन लाहाछाप गरिएको हुनु पर्नेछ ।

बोलपत्रदाताले आफूले खरीद गर्न चाहेको कूल रकमको ५ प्रतिशतले हुन आउने रकम माछापुच्छ्रे क्यापिटल लिमिटेडको नाममा रहेको माछापुच्छ्रे बैंक लि., लाजिम्पाट शाखाको खाता नं. ०३९००७०१७९००००१२ मा जम्मा हुने गरी सो को सक्कल जम्मा भौचर वा आईपीएसमार्फत रकम बुझाइएको भए सो को ट्रान्जेक्सन कपी संलग्न गर्नुपर्नेछ | आईपीएस मार्फत रकम जम्मा गर्दा लाग्ने शुल्क आवेदक स्वयंले नै व्यहोर्नु पर्नेछ ।

बोलपत्र मार्फत बिक्री गरिने संस्थापक समूहको शेयर बाँडफाँड गर्दा सबैभन्दा बढी दर रेटमा खरीद माग गर्ने योग्य बोलपत्रदाताहरुलाई बोलकबोलको मान्यताको आधारमा बिक्री गरिनेछ । यस बोलपत्र बाँडफांड गर्दा छनोट नभएका आवेदकलाई जम्मा गरेको सबै रकम फिर्ता गरिनेछ । साथै बोलकबोल मार्फत आवेदन स्वीकृत भए पश्चात् खरीदकर्ताले खरीद गर्न नचाहेमा॒ आवेदन गर्दाको सम्पूर्ण रकम जफत गरिनेछ । समान दर रेटमा आवेदन परेको खण्डमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार