तीनकुनेमा राजावादीहरुको तोडफोड, स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग

काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले तोडफोड गरेका छन्। बानेश्वरतर्फ अघि बढ्न खोजेका उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रहरीको रोकावटपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले सडक किनारको एक घरमा ढुंगामुढा प्रहार गरेका थिए। जसका कारण सो घरको सिसा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यासको प्रभावपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन्। अहिले क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार