काठमाडौं । राजावादीहरूद्वारा आयोजित आन्दोलनको क्रममा एक प्रदर्शनकारीको २ तोला सुनको सिक्री लुटिएको छ। राजधानीको मुख्य चोकमा प्रदर्शन तीव्र हुँदै गर्दा भएको भागदौडका कारण सो घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
पीडित व्यक्तिले आफ्नो गहना हराएपछि स्तब्ध हुँदै, ‘अब म कसरी घर जाने ?’ भनेर रोइरहेको देखिएको थियो। उनले भीडको चापका कारण कसैले आफ्नो गलाबाट सिक्री तानेर फरार भएको गुनासो गरेका छन्।
प्रदर्शनका क्रममा भएको यो घटनाले आमनागरिकको सुरक्षाप्रति प्रश्न उठाएको छ।