राजावादीको प्रदर्शनः तीनकुनेको घरमा आगजनी

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी भएको छ। राजावादी समूहको प्रदर्शन र सभा बिथोलिएको केही समयपछि सो घटनाको भएको हो।

प्राप्त जानकारीअनुसार, प्रदर्शनका क्रममा केही समूहले उक्त घरमा तोडफोड गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। त्यसको केही समयपछि सोही घरमा आगलागी भएको पुष्टि भएको छ।

घटनापछि प्रहरीले माइकिङ गर्दै स्थानीयलाई संयमित रहन आग्रह गरेको छ। साथै, भीड जम्मा नगर्न र आ–आफ्नो घर फर्किन अनुरोध गरिएको छ। आगजनीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार