काठमाडौंको तीन स्थानमा कर्फ्यु, बाहिर नसिक्नको प्रहरीको माइकिङ

काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको हो ।

कर्फ्यु जारी भएसँगै सुरक्षाकर्मी माइकिङ गरेर यसको जानकारी दिएका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।
राजावादीको आन्दोलन उग्र हुँदा यसलाई नियन्त्रणमा लिन कर्फ्यु जारी जारी गरिएको हो । आन्दोलनकारीले नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार