काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा राजावादी समूहले लुटपाट मच्चाएको छ। तीनकुनेबाट लखेटिएर कोटेश्वर क्षेत्रमा पुगेका प्रदर्शनकारीहरूले पहिलो चरणमा सुपर स्टोरमा आगजनी र तोडफोड गरेका थिए।
स्थिति असामान्य बन्न सक्ने आकलन गर्दै भाटभटेनी सुपर स्टोरको सटर बन्द गरिएको थियो। तर, बन्द सटर तोड्दै प्रदर्शनकारीहरूले जबरजस्ती पसलभित्र प्रवेश गरी विभिन्न सामान लुटपाट गरेका छन्।
लुटपाटका क्रममा राजावादी समूहले ढुंगामुढासमेत गरेको छ, जसले आसपासको क्षेत्रमा थप आतंक फैलिएको थियो। सुरक्षाकर्मी परिचालनपछि मात्र स्थिति नियन्त्रणमा आएको बताइएको छ।
स्थिति शान्त पार्न सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि लुटपाटमा संलग्न व्यक्तिहरू भागेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।