जडीबुटी उत्पादन कम्पनीको भवनमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार आगलागी सुरुमा कार्यालयको मुख्य भवनमा भएको थियो, जसले सञ्चो उत्पादन गर्ने भवनसम्म फैलिएको थियो।

‘अहिले आगो नियन्त्रणमा आएको जानकारी सुरक्षागार्डबाट प्राप्त भएको छ,’ यादवले भनिन्, ‘ठूलो विस्फोट हुनबाट जोगिएको छ।’

उनका अनुसार कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। तर सञ्चो उत्पादनका लागि राखिएको तेलको भण्डार जोगाउन सफल भएको उनले जानकारी दिइन्।

क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सञ्चो उत्पादनका लागि स्टोरमा २५ टन तेल राखिएको थियो, जुन सुरक्षित रहेको छ ,

राजाको समर्थनमा आन्दोनल गर्ने समूहले पार्किङमा रहेका आधा दर्जन गाडीमा आगजनी गरेका थिए।

‘हामी अफिसभित्र काम गरिरहेका थियौं। बाहिरबाट अचानक ढुंगामुढा सुरु भयो। भवनको सिसा फुट्न थालेपछि कर्मचारीहरू ज्यान जोगाउन पछाडिको बाटो हुँदै भाग्न बाध्य भए,’ यादवले घटनाबारे बताइन्।

आगजनीको कारण र क्षतिको सम्पूर्ण विवरण संकलन भइरहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार