गृहमन्त्री रमेश लेखकले राजावादीको आन्दोलनको केन्द्र तीनकुने क्षेत्रको अनुगमन गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादी आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने (कोटेश्वर) क्षेत्रको अनुगमन गर्न जाने भएका छन्। मन्त्री लेखक आज बिहान ९ बजे उक्त क्षेत्रमा निरीक्षणका लागि जाने जानकारी उनको सचिवालयले दिएको छ।

शुक्रबार राजतन्त्रको पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। हिंसात्मक झडपका कारण एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने प्रदर्शनकारीहरूले तीनकुने लगायत आसपासका क्षेत्रमा व्यापक तोडफोड गरेका छन्।

आन्दोलनकारीहरूले थुप्रै घरहरू तोडफोड गर्नुका साथै केही मलहरूमा लुटपाट गरेका छन्। सरकारी तथा निजी गाडीहरू तोडफोड गरी आगजनी गरिएको छ भने जडीबुटी उत्पादन कम्पनीमा समेत आगो लगाइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो, जुन अहिले हटाइएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार