मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो :भाटभटेनी सुपरमार्केट्स

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जनाएको छ ।

सो समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको सीओओ पानु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै भाटभटेनीको भवनमाथि इँटा र ढुंगा प्रहार हुँदा क्षति पुगेको उनको भनाइ छ ।

‘क्षतिको मूल्याङ्कन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराउन चाहन्छु’, उनको विज्ञप्तिमा उल्लेख छ ।

एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्‍याउनेहरूलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेमा भाटभटेनीले विश्वास गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार