पत्रकार सुरेश रजक हत्याको विरोधमा महासंघको प्रदर्शन

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी रजकको हत्याको विरोध गर्दै प्रदर्शनमा उत्रिएको हो ।

यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।

विरोध सभामा सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै फोटो तथा भिडियो पत्रकारहरूले आफ्नो क्यामेरा डाउन गरेर साङ्केतिक विरोध गरेका छन् । साथै पत्रकार सुरक्षाको सुनिश्चित गर, पत्रकार माथिको हिंसात्मक आक्रमणको भन्र्सना गरौं, अराजकता नियन्त्रण गर लगायतका ब्यानर सहित विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार