साताको शेयरमा लगानीकर्ताले गुमाए पौने १० अर्ब बढी, व्यापारिक समूहले सर्वाधिक कमाउँदा विकास बैंक समूहले गुमाए

काठमाडौं । यो साता शेयर बजारमा सुधार देखिए पनि बजारका अधिकांश सूचक राम्रो हुन सकेको छैन । यो साता शेयर बजार दुई दिन घटेर बाँकी तीन दिन भने बढेको थियो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार हुने क्रममा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता ८८ करोड ४९ लाखले कारोबार रकम घटेको छ । गत साता २६ अर्ब २९ करोड ६८ लाख रहेको कारोबार रकम यो साता २५ अर्ब ४१ करोड १९ लाखमा सीमित हुन पुगेको छ ।

कारोबार रकमसँगै बजार पुँजीकरण रकम पनि घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ९ अर्ब ८१ करोड ३४ लाखले बजार पुँजीकरण रकममा कमी आएको छ । गत साता ४४ खर्ब ३२ अर्ब २७ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४४ खर्ब २२ अर्ब ४५ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम घट्दा कारोबार कित्ता शेयरको संख्या भने बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर ८ लाख ५० हजारले बढेको हो । गत साता ५ करोड १३ लाख ३१ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता ५ करोड २१ लाख ८२ हजार शेयर कित्ता कारोबार संख्या पुगेको छ ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६६३.३० विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ६.०१ अंकले घटेको हो । गत साता नेप्से परिसूचक २६६९.३१ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४६.२९ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा १.४१ अंकले घटी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४७.७० विन्दुमा पुगेर बन्द भएको थियो ।

 

 

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने ५ वटा समुह बढ्दा बाँकी ८ वटा समुह घटेको छ । व्यापार समूह सर्वाधिक बढ्दा विकास बैंक समूह सार्वाधिक घटेको हो । गत साताको तुलनामा यो साता व्यापार १३७, जीवन बीमा १३०, अन्य समूह ४०, लगानी १ र म्युअुचल फण्ड ०.१ अंकले बढेको हो ।

साथै गत साताको तुलनामा यो साता बैंकिङ ४, विकास बैंक १३२, वित्त ११२, होटल र पर्यटन ३, उत्पादन र प्रशोधन २१, लघुवित्त ३१ र निर्जीवन बीमा १७७ अंकले घटेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार