एनएमबि फिप्टीले १७ करोड ८८ लाख नाफा कमायो

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले फागुनमसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तमा १७ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा भने १९.३६ प्रतिशत बढी हो । सो अवधिमा फण्डले १४ करोड ९७ लाख नाफा कमाएको थियो । फागुन मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।

माघ मसान्तमा फण्डको कुल आम्दानी १६ करोड ६३ लाख रहेकोमा फागुन मसान्तमा बढेर १९ करोड ७५ लाख पुगेको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ ।

त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब ९ करोड बढी लगानी गरेको छ भने जुन माघससान्तमा १ अर्ब ११ करोड रहेको थियो । यस आधारमा फण्डले माघको तुलनामा फागुनमा भने सूचीकृत शेयरमा लगानी घटाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार