कर्पोरेट पेमा २० हजारभन्दा बढि संस्था आबद्ध

काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । यसका साथै नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले महत्वपूर्ण उपलब्धिे हासिल गरेको बुम्झ्न सकिन्छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पे मार्फत रु ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा उल्लेखनिय वृद्धि हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि कर्पोरेट पे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ ।

कर्पोरेट पेको मल्टी बैंकिङ्ग डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको हो । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् ।

यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ्ग म्यान्डेटहरु सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । सो प्रणालीमा रियल टाइममा प्रति कारोबार रु. १ करोड (सोही बैंक वित्तीय संस्था) तथा रु.२० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म कारोबार सिमा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार