CLI

रास्वपाद्वारा तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठनको माग गर्न माग गरेको छ।

आज बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले यस्तो माग गरेको हो।

काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।

यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।

Leave Your Comment

Related News