काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ७ प्रतिशत ब्याजदरमा ५ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले चैत २५ गतेदेखि २८ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ सार्वजनिक निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य राखेर ५० लाख कित्ता जारी गर्न लागिएको हो । जसमा ६० प्रतिशत ९३० लाख कित्ता० व्यक्तिगत तवरबाट बाँडफाँड र ४० प्रतिशत९२० लाख कित्ता० सर्वसाधारणका लागि उपलब्ध गराइनेछ ।
१ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिनेछ ।
यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ भने ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।