CLI

गरिमा विकास बैंकको २ लाख ६६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गरिएको उक्त शेयर सो अवधिमा विक्री नभएसँगै अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारण शेयरधनीहरुले खरीद गर्न पाउने उक्त शेयर संस्थापक समूहमा रहनेछ ।

Leave Your Comment

Related News