काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १२ अर्ब ७५ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ ।
आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
कार्यालयका अनुसार ९१ दिनका लागि ७ अर्ब ७५ करोड र १८२ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८२ असार १७ गते र २०८२ असोज १४ गते भित्र परिपक्व हुनेछ । ९१ दिन र १८२ दिन अवधि रहने ट्रेजरी बिलको लागि सोमबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ ।
यसअघि चैत ११ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्ब बराबरको ट्रेजरी बिलको लागि ११ अर्ब २७ करोड बोल परेको थियो । ९१ दिनको लागि ९ अर्ब ४९ करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । जसमा औषत छुटदर २.९९०४ प्रतिशत रहेको थियो । ९ अर्ब ४९ करोड बराबरको ट्रेजरी बिलका लागि १५ अर्ब बराबरको बोल परेको थियो । जसमा औषत छुटदर २.९१३९ प्रतिशत रहेको थियो । अर्को ३६४ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्बको ट्रेजरी बिलका लागि १२ अर्ब २५ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर ३.०१८८ प्रतिशत रहेको थियो ।
पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले १२ अर्ब ७५ करोड बराबरको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर ३ प्रतिशत रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।