सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन मूल्य सहित सार्वजनिक

काठमाडौं । नेपाली बजारमा ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक भएको छ ।

सामसङले पहिलो पटक ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ प्रविधि समावेश गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत क्रियटिभिटी (सृजनात्मकता)लाई नयाँ परिभाषा दिन यो प्रविधि राखिएको कम्पनीले जनाएको छ ।

यी स्मार्टफोनमा एडभान्स्ड क्यामेरा सिस्टम, धुलो र पानी प्रतिरोधात्मक क्षमताका लागि आईपी ६७ रेटिङ, गोरिल्ला ग्लास भिक्टस प्लस सुरक्षा र ६ वर्षसम्मको ओएस र सेक्युरिटी अपडेट उपलब्ध हुनेछ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले यी स्मार्टफोनले एआई प्रविधिको अनुभवलाई धेरै प्रयोगकर्तामाझ ल्याएर ‘सबैका लागि एआई’ भन्ने कम्पनीको सोचलाई साकार पार्ने बताए । यी नयाँ विशेषता र क्षमताले सृजनशीलता बढाउनुका साथै सुरक्षित, विश्वसनीय र रमाइलो मोबाइल अनुभव प्रदान गर्ने उनको भनाइ छ ।

उच्चतम डिस्प्ले र सफ्टवेयर अपग्रेडका साथ बढी टिकाउ

ग्यालेक्सी A सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड OS र One UI अपडेट उपलब्ध हुनेछ, साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यसले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै बर्ष सम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ ।

ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजीमा 6.7 इन्च FHD+ सुपर AMOLED डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस 1200 निट्ससम्म पुग्न सक्छ । स्टेरियो स्पीकरले ध्वनी अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

नयाँ ग्यालेक्सी A सिरिजमा 5000mAh ब्याट्री समावेश गरिएको छ, जस्ले पुरै दिनको दिन चरियालाई साथ दिन्छ । ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजीले 45W चार्जिङ पावर र सुपर-फास्ट चार्जिङ 2.0 समर्थन गर्छ, जसले गर्दा धेरै लामो समय सम्म मोबाइल चलाउन साकिन्छ ।

ग्यालेक्सी A56 मा 5G Exynos 1580 चिपसेट र ग्यालेक्सी A36 5G मा Snapdragon® 6 Gen 3 प्रोसेसर प्रयोग भएको छ । दुवै मोबाइलमा शक्तिशाली ठूलो भेपर च्याम्बर प्रयोग भएकोले, गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।

ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी मार्च 28 देखि सबै सामसुङ नेपालका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन् । साथै, सामसुङ इन्स्टा फाइनान्स सेवाको माध्यमबाट ग्राहकहरूले ईएमआई विकल्पमा फोन किन्न सक्नेछन्। ईएमआई मासिक २३०० रुपैयाँबाट सुरु हुनेछ, जसमा शून्य प्रतिशत ब्याजदर लाग्नेछ ।

पुरानो फोन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले ‘सबकोफोन’ वा ‘Arkostore’ मार्फत आफ्नो पुरानो स्मार्टफोन साट्न सक्नेछन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार