प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

बैठक आज दिउँसो बालुवाटारमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलका लागि उहाँले सबै दललाई बोलाउनुभएको हो,’ उनले भने ।

सर्वदलीय बैठकमा संसद् अवरोध अन्त्य, राजावादीको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले संसद् अवरोध अन्त्यका विषयमा प्रमुख विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोन संवाद गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार