नेप्से २९.८२ अंकले बढ्यो, २ अर्ब ३४ करोडले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९८.१२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९७ अंकले बढेर ४५०.२७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.३९ अंकले बढेको हो ।

आइतबार ३२३ वटा कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार पुगेको छ । बिहीबार ७६ हजार ३५४ पटक शेयर करोबार भयो । जुन बिहीबारको तुलनामा २ अर्ब ३४ करोड ५१ लाख ४३ हजारले करोबार रकम बढी हो । बिहीबार ३०९ वटा कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २२ करोड ३० लाख ८३ हजार पुगेको थियो ।

साथै यसदिन बजार पुँजीकरण रकम ४४ खर्ब ७१ अर्ब ९७ करोड पुगेको छ । यसदिन २२२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा बाँकी २ वटा घटेको छ । बैंकिङ ११, विकास बैंक ४५, वित्त ५१, होटल र पर्यटन ९१, जलविद्युत ५३, लगानी २.३३, जीवन बीमा ११४, उत्पादन र प्रशोधन ४२, लघुवित्त ३१, निर्जीवन बीमा ९७ र अन्य समूह ५० अंकले बढ्दा म्युअुचल फण्ड ०.०३ र व्यापार ११ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, सीइडबीबी होल्डीङस लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।

हिमालयन रिइन्स्योरेन्सको ६९ करोड १९ लाख, नेपाल रिइन्स्यारेन्सको ४७ करोड ८४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३९ करोड ६८ लाख, सीइडबीबी होल्डीङस लिमिटेडको २४ करोड १० लाख र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १७ करोड ९४ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार