ग्यालेक्सी ए५६ फाइजभी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक, ईएमआईमा उपलब्ध

काठमाडौं । सामसुङ नेपालले आज ग्यालेक्सी ए५६ फाइजभी, ग्यालेक्सी ए३६६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक गरेको छ । पहिलो पटक, ग्यालेक्सी ए सिरिजमा ुअसम इंटेलिजेन्सु समावेश गरिएको छ, जसले एआई प्रविधि मार्फत सिर्जनशीलता पुनः परिभाषित गर्दछ । यसका साथै, परिस्कृत टिकाउपनका साथै सुरक्षा र गोपनीयता जस्ता थप विशेषताहरुले प्रयोगकर्तालाई सुरक्षित र दीर्घकालीन मोबाइल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउनेछ जस्ले ग्राहकहरुलाई धेरै बिकल्पहरु प्रदान गर्ने छ ।

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “नयाँ ग्यालेक्सी सिरिज फोनहरुले ग्यालेक्सीको अविश्वसनीय मोबाइल एआईको अनुभवलाई ठुलो दर्शक माझ ल्याएर, सबैका लागि एआई भन्ने हाम्रो सोच तर्फ एउटा महत्वपुर्ण पाईला सारेको छ । यी अद्भुत नयाँ सुविधा र क्षमताहरुले सृजन्शिलता बढाउने मात्र नभइ, सुरक्षित, बिश्वस्निय र रमाईलो मोबाइलको अनुभव पनि प्रदान गर्नेछ ।

उन्नत खोज र सृजन्शिलताका लागि असम इन्टेलिजेन्स

असम इन्टेलिजेन्स, ग्यालेक्सी ए५६ फाइभजी, ए३६ फाइभजी र ए२६ भाइभजीमा विशेष उपलब्ध मोबाइल एआई हो, जसले प्रयोगकर्तालाई शक्तिशाली, रमाइलो र सजिलो एआई टुल्स प्रदान गर्दछ । वान यूआई ७ द्वारा सञ्चालित, यस असम इंटेलिजेन्सले प्रयोगकर्ताहरूलाई अझ राम्रो खोजी र भिजुअल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी ए सिरिजका फोनहरुमा अघिल्लो वर्ष अत्ति चर्चित गुगलको ‘सर्कल टु सर्चु विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ । अब, ‘सर्कल टु सर्चुले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना, वा यूआरएल सजिलै पहिचान गर्न सक्छ, जस्ले गर्दा प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पुरा गर्न सक्छ ।

अब, ‘सर्कल टु सर्च’ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्छ। सामाजिक सञ्जाल वा वरपर बजिरहेको गीतलाई सजिलै चिन्नका लागि नेभिगेसन बार लामो प्रेस गरेर ुम्यूजिक बटनु ट्याप गर्दा गीतको नाम र कलाकार तुरुन्तै देखाइनेछ ।
ग्यालेक्सी ए सिरिजमा अब थप उत्कृष्ट सर्जक केन्दृत क्यामेरा प्रविधि समावेश छ। सबै डिभाइसहरूमा ५० मेगापिक्सेल मुख्य क्यामरा दिइएको छ, साथै ग्यालेक्सी ए५६ फाइभजी र ए३६ भाइभजीमा १० बीट एचडीआर फ्रन्ट क्यामरा छ, जसले उज्यालो र स्पष्ट सेल्फी लिन सकिन्छ। ग्यालेक्सी ए५६ फाइभजीमा १२ मेगापिक्सेल अल्ट्रा(वाइड लेन्स दिइएको छ ।

‘बेस्ट फेस’ विशेषता ग्यालेक्सी ए५६ फाइभजी मा मात्र उपलब्ध छ, जसले समूह फोटोहरूमा सबैको उत्कृष्ट अभिव्यक्ति छनोट गरी उत्तम तस्बिर बनाउँछ। ‘नाइटोग्राफी’ प्रविधिको सुधारसँगै, ग्यालेक्सी ए५६ फाइभजीमा १२ मेगापिक्सेल सेल्फी क्यामरामा ुलो न्वाइज मोडु थप गरिएको छ, जसले न्यून प्रकाशमा अझ राम्रो फोटो खिच्न मद्दत गर्दछ।

ग्यालेक्सी ए५६ फाइजभी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजीमा अभजेट इरेजर सुविधा उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्दछ। चाहे त्यो अनपेक्षित व्यक्तिहरू हुन् या ध्यान भंग गर्ने छायाँहरू, प्रयोगकर्ताहरूले वस्तुहरूलाई म्यानुअली वा स्वचालित रूपमा मेटाउन सक्छन्, र केही ट्यापहरूमा सफा र परिष्कृत फोटो प्राप्त गर्न सक्छन् । त्यस्तै गरी, फिल्टर्सले प्रयोगकर्ताहरूलाई मोबाइलमा भएको फोटोहरूबाट रंग र शैलीहरू निकालेर आफ्नै फिल्टरहरू बनाउन मद्दत गर्दछ ।

उच्चतम डिस्प्ले र सफ्टवेयर अपग्रेडका साथ बढि टिकाउ

ग्यालेक्सी ए सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड ओएस र वान यूआई अपडेट उपलब्ध हुनेछ, साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यस्ले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै बर्ष सम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ । ग्यालेक्सी ए५६ फाइभजी र ए३६ फाइभजीमा ६.७ इन्च एफएचडी प्लस सुपर एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस १२०० निट्ससम्म पुग्न सक्छ। स्टेरियो स्पिकरले ध्वनि अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

नयाँ ग्यालेक्सी ए सिरिजमा ५००० एमएएच ब्याट्री समावेश गरिएको छ, जस्ले पुरै दिनको दिन चरियालाई साथ दिन्छ ।

ग्यालेक्सी A56 5G र A36 5G ले 45W चार्जिङ पावर र सुपर-फास्ट चार्जिङ 2.0 समर्थन गर्छन जस्ले गर्दा धेरै लामो समय सम्म मोबाइल चलाउन साकिन्छ ।

ग्यालेक्सी A56 मा 5G Exynos 1580 चिपसेट र ग्यालेक्सी A36 5G मा Snapdragon® 6 Gen 3 प्रोसेसर प्रयोग भएको छ । दुबै मोबाइलहरुमा शक्तिशाली ठुलो भेपर च्याम्बर प्रयोग भएकोले, गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।

शक्तिशाली Performanceटिकाउपन

Performance का अलावा, नयाँ Galaxy A सिरिज जीवनका अप्रत्याशित क्षणहरू सामना गर्न तयार गरी निर्माण गरिएको छ। पहिलो पटक, Galaxy A26 5G मा IP67 धुलो र पानी प्रतिरोध क्षमता समावेश गरिएको छ, जसले यसलाई बाह्य तत्वहरूसँग सामना गर्दै मजबुत सुरक्षा प्रदान गर्छ। यसले Galaxy A36 5G र Galaxy A56 5G को IP67 रेटिङसँग मेल खान्छ। साथै, उन्नत Corning® Glass कभर सामग्री ले स्क्र्याच र चर्किने समस्याबाट समाधान प्रदान गर्दै थप सुरक्षाको तह प्रदान गर्छ।

सुरक्षा गोपनीयताको उच्च स्तर

नयाँ One UI 7 को साथ, Samsung Knox Vault प्रविधिले ग्यालेक्सी A सिरिजमा बलियो सुरक्षा प्रदान गर्दछ। यसले चोरी पत्ता लगाउने प्रविधि, विस्तारित सुरक्षा सेटिङ्स र अन्य सुरक्षा विशेषताहरू प्रदान गर्दछ।

मूल्य उपलब्धता

डिभाइस RAM/Storage रंगहरू मूल्य (NPR)
Galaxy A56 5G 12 GB / 256 GB Awesome Graphite, Light Grey, Olive 70,999
  8 GB / 256 GB   65,999
Galaxy A36 5G 12 GB / 256 GB Awesome Black, White, Lime 59,999
  8 GB / 256 GB   54,999
  8 GB / 128 GB   48,999
Galaxy A26 5G 8 GB / 256 GB Awesome Black, White, Light Green 45,999

ग्यालेक्सी A56 5G, A36 5G र A26 5G मार्च 28 देखि सबै सामसुङ नेपालका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन्। साथै, सामसुङ इन्स्टा फाइनान्स सेवाको माध्यमबाट ग्राहकहरूले EMI विकल्पमा फोन किन्न सक्नेछन्। EMI NPR 2300/महिना बाट सुरु हुनेछ, जसमा 0% ब्याज दर हुनेछ।

पुरानो फोन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले ‘सबकोफोन’ वा ‘Arkostore’ मार्फत आफ्नो पुरानो स्मार्टफोन साट्न सक्नेछन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार