चितवनमा वुमन्स मोटर र्याली हुँदै

काठमाडौं । बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनले चितवनमा वुमन्स मोटर र्याली आयोजना गर्ने भएको छ ।
संघ आगामी चैत्र २५ गते चितवनका पर्यटकीय क्षेत्रहरुलाई जोड्दै ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसिक खेलकुदमा प्रवेश गर्ने उद्देश्यका साथ भरतपुर–मेघौली–गोलाघाट– जगतपुर–पटिहानी–सौराह महिला मोटर र्याली आयोजना गर्ने भएको छ ।

विगत एक दशक देखि नेपालमा र चितवनमा समेत लोकप्रिय हुदै आएको मोटर स्पोर्ट्सको कयौन इभेन्टहरु चितवनमा पनि सम्पन्न भइरहका छन् । महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद मुल थीम वुमन्स मोटर र्याली आयोजना हुँदै छ ।

समय, दुरि र गतिमा (टीडीएस) आधारित र्यालीका सहभागि ड्राइभरहरुले तोकिएको रुटमा तोकिएको गति भित्र रहेर तोकिएको चेक–पोइन्ट पार गदै समयभित्र यात्रा सम्पन्न गर्नेछन् । मोटर रेसिंगको सर्ट सर्किट विधा स्पेशल स्टेज छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।

भरतपुरको नारायणी तिरस्थित चितवन उद्योग बाणीज्य संघ नेरबाट प्रतियोगिताको शुरुवात गर्ने निर्णय गरेका छौ । जहाँ ३० गाडीमा नेभिगेटर सहित ६० जना सहभागी गराउने योजना रहेको छ । नेपाल भरिका कुनै पनि स्थानका इच्छुक महिला ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्नेछन् जसले नासा नेपालको स्पोर्टस् लाइसेन्स लिएको भने हुनुपर्नेछ ।
आगामी चैत्र २५ गते विहान ७ बजे देखि शुरुवात गरिने सो कार्यक्रमका विजेतालाई शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, स्पेसल स्टेजमा उत्कृट २ जनालाई अन्तराष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने छ । कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि १०० जनाको सहभागीता रहनेछ ।

कार्यक्रमका सहभागीले दर्ता शुल्क वाफत १ हजार वुझाउनपर्नेछ भने चितवन वाहिरवाट आउने सहभागिलाई १ रातको आवास व्यवस्था गरिने छ । साथै सहभागिको लागि खेलकुद विमा, रेसिङ्ग तथा रोड सेफ्टीको ओरीन्टेसन गरिनेछ ।
कार्यक्रममा सवै किसिमका कार तथा जिपले भाग लिन पाउनेछन् भने प्रतियोगितामा महिलाहरुमात्र सहभागी हुन पाउनेछन् । भरतपुर महानगरपालिकाका मेयरद्धारा शुभारम्भ गरिने सो प्रतियोगिताको समापन भने रत्ननगर नगरपालिकाका मेयरद्धारा हुनेछ ।

करिव ११ लाख ६० हजार कुल लागत अनुमान गरिएको कार्यक्रममा उद्यमी, ब्यवसायी तथा दर्ता शुल्क मार्फत बजेट ब्यबस्थापन गरिनेछ भने भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिलर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहा सहयोगी संस्थाकोरुपमा रहने छन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार