काठमाडौं ।पछिल्लो समय ३ वटा संस्थाको ५७ लाख बढी बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । मितेरी विकास बैंक, महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी गरी ३ वटा संस्थाको ५७ लाख २ हजार ९७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार मितेरी विकास बैंकको १० लाख ५६ हजार ७३४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत हुँदा महालक्ष्मी विकास बैंकको १२ लाख ५१ हजार ३९५ बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साथै माउन्टेन इनर्जीको भने ३३ लाख ९४ हजार ८४६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
महालक्ष्मीले आफना शेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट ३ प्रतिशत, मितेरीले ९.५०७९ प्रतिशत र माउन्टेनले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।