शंकास्पद कारोबार २४ प्रतिशतले बढ्यो

काठमाडौं । शकांस्पद कारोबार तथा गतिविधि करिब २४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार आ.व. २०७९/८० मा ५ हजार ९३५ शंकास्पद कारोबार तथा गतिविधि रहेकोमा आ.व. २०८०/८१ मा सो संख्या करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३३८ पुगेको छ ।

यसरी प्राप्त गरिएका अधिकांश शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनहरू कर छलीसम्बन्धी, मौद्रिक र बैंकिङ्ग र विदेशी विनिमय बीमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गरेको छ । प्रतिवेदनमा इकाईको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिइएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने, अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या १ हजार ६३९ पुगेको छ ।

सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको सङ्ख्या आव २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेकोमा आव २०८०र८१ मा सो सङ्ख्या १६ लाख ९७ हजार ७१२ रहेको छ ।

प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आव २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या १ हजार ६३२ पुगेकोमा सोमध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार