अब दाङबाट विभिन्न गन्तव्यका लक्जरी बसका टिकट बससेवामा

काठमाडौं ।  अब दाङबाट संघीय राजधानी काठमाडौँसहित विभिन्न मुख्य गन्तव्यमा सार्वजनिक बसबाट यात्रा गर्नेहरूका लागि अनलाइनमार्फत नै टिकट काट्ने सुविधा उपलब्ध भएको छ ।

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.द्वारा सञ्चालित लक्जरी बसहरूको टिकट घरमै बसेर अनलाइनमार्फत काट्न सकिने भएको हो । त्रिसिद्धेश्वरी बससेवामा आबद्ध भएसँगै यस कम्पनीका बसको टिकट बससेवामा उपलब्ध भएको हो ।
बससेवाले त्रिसिद्धेश्वरीका विभिन्न ६ वटा रुटमा चल्ने बसको टिकट आफ्नो अनलाइन प्लेटफर्ममार्फत काट्न सकिने जनाएको छ । दाङ–काठमाडौँ–दाङ, दाङ–पोखरा–दाङ, दाङ–दिल्ली, दाङ बुटवल, दाङ–वीरगन्ज र दाङ–प्युठान रुटको बस टिकट अब अनलाइमार्फत नै काट्न सकिने भएको हो ।

यो सेवाले यात्रुको समयसँगै टिकट शुल्कमा पनि बचत हुने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । कम्पनीले संघीय राजधानीबाट देशका सयौँ गन्तव्यमा चल्ने सार्वजनिक यातायातको टिकट अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ ।

कसरी काट्ने टिकट ?

मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी त्रिसिद्धेश्वरीको बसको सिट बुक गर्न सकिन्छ । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम ९दगककभधब।अयm० बाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार