काठमाडौं ।नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत् राखेको छ।
निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर ४५ पैसा बढेको छ, जबकि डिजेलमा २.१५ रुपैयाँ र हवाई इन्धनमा ६.५९ रुपैयाँले घटेको छ। सोही आधारमा निगमले चैत १९ गतेदेखि लागु हुने गरी डिजेल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य घटाएको छ।
हवाई इन्धनको हकमा आन्तरिक उडानका लागि प्रति लिटर ७ रुपैयाँ घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ, काठमाडौंका लागि प्रति किलोलीटर ५१ अमेरिकी डलरको दर कायम गरिएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक(इभन मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।
इन्धन मूल्यमा गरिएको यो समायोजन इन्डियन आयल कर्पोरेशनले चैत १८ गते पठाएको नयाँ मूल्य सूचीको आधारमा गरिएको हो।