काठमाडौं । कामना सेवा विकास बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै बैंकले मिति २०७६/०९/१७ मा सम्पन्न यबैंकको तेह्रौं वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेको बताएको छ । कम्पनी ऐन, २०६३ को दफा १८३ को प्रयोजनार्थ सम्बन्धित सम्पूर्ण शेयरधनीहरुलाई उक्त लाभांश बुझिलिन आग्रह बैंकले गरेको छ ।
साथै, यसरी नगद लाभांस बुझिलिन बाँकी शेयरधनीहरुले यो एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश लिनका लागि बैंकको शेयर प्रकाशित भएको रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
तोकिएको समयभित्र पनि नगद लाभांश लिन नआउने शेयरधनीहरुको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।