प्रविधिले बढ्दै वित्तीय जोखिम, तीन तहको सुरक्षा गोप्य राख्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । डिजिटल वित्तीय कारोबारले वित्तीय सेवा सहज बनाउनुका साथै यसको दुरुपयोगले जोखिम पनि उत्तिकै बढ्दो छ । जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले तीन तहको सुरक्षाबारे जानकारी दिँदै डिजिटल वित्तीय कारोबारका लागि उल्लिखित प्रमाणीकरणका विधिहरू प्रयोग गर्न र त्यस्ता विवरण अत्यन्तै गोप्य राख्न अनुरोध गरेको छ ।

डिजिटल वित्तीय कारोबारमा के हो तीन तहको सुरक्षा ?

पहिलो, तपाईंलाई मात्र थाहा हुने ( Something you know ) : यो तहले तपाईंलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ, जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा तपाईंको ज्ञान र सम्झनामा भर पर्छ ।

दोस्रो, तपाईंसँग मात्र हुने (Something you have ) : यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाईंसँग छ । जस्तैः तपाईंको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले तपाईंको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाईंको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

तेस्रो, तपाईंको आफ्नै (Something you are): यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औँठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार