अध्यादेश प्रतिस्थापन गर्ने ५ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

फाइल तस्वीर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन गर्ने ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

सरकारले अध्यादेशमार्फत् दर्जनाैँ कानुन संशोधन गर्न ल्याएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्अन्तर्गत दुवै सदनबाट पारित भएपछि सोमबार ती विधेयकहरु प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरु राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार