काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज ) बन्द गरेको मिति गत फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरुका उक्त हकप्रद निष्काशन गरिएको हो । चुक्ता पूँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ : १ ( विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता साधारण शेयरको अनुपात) ले हुन आउने प्रतिशेयर अंकित मूल्य सय रुपैयाँ दरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।
हकप्रद शेयरका लागि २०८२ वैशाख ८ गतेसम्म (बैकिङ्ग समय पश्चात्) सम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्वा (CASBA) प्रणाली मार्फत समेत आवेदन दिन सकिनेछ । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
हकप्रद शेयर खरिदका लागि सानीमा बैंकका शाखाहरु विराटनगर, वीरगञ्ज-पर्सा, बिरौटा-पोखरा, बुटवल शाखा-रुपन्देही, नेपालगञ्ज-बाँके, वीरेन्द्रनगर-सुर्खेत, धनगढी-कैलाली, बेँसीसहर-लमजुङ र सम मार्ग-नक्साल, काठमाण्डौँबाट दरखास्त लिन र दरखास्त रकम बुझाउन सकिने छ ।
ती स्थानबाहेक अन्य माध्यमबाट दरखास्त दिन चाहने साविक शेयरधनीहरुले हकप्रद शेयरको बिक्री बन्द हुनुभन्दा अघिको मितिमा सानिमा क्यापिटल लिमिटेडको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्टका साथ शेयरको दरखास्त फाराम सिधै हुलाक वा कुरीयर मार्फत सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल, काठमाण्डौँमा पठाइएको निवेदनलाई मात्र बाँडफाँडमा समावेश गरिने कम्पनीले जनाएको छ । हकप्रद शेयरको बिक्री बन्द भएको ७ (सात) दिनपछि प्राप्त ड्राफ्ट र आवेदन फारामलाई बाँडफाँडमा समावेश गरिने छैन ।