काठमाडौं । सुनको मूल्य दैनिकी रुपमा बढ्दो क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । आज छापावाल सुन प्रति तोला १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।