एनसीएचएलद्वारा नेपालपे कार्ड र एनपीएस–एनसीएसको पूर्वाधार तयारीको घोषणा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले सोमबार एक औपचारिक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा एनपीएस– नेसनल कार्ड स्विच (एनपीएस–एनसीएस) र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति अनुसार एनपीएस–एनसीएस र नेपालपे कार्डको तयारी पूरा भएको जानकारी गराउनका साथै नेपालपे कार्ड पनि औपचारिक अनावरण गरिएको हो । साथै, गर्भनरले सेरेमोनियल नेपालपे कार्डबाट कन्ट्रोल्ड इनभारमेन्टमा पीओएस र एटीएमबाट कारोबार गरी एनपीएसको पूर्वाधार तयारी भएको जानकारी दिए ।

उक्तकार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक समिति र राष्ट्रिय भुक्तानी बोर्डका सदस्यहरु, नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना, कार्यकारी निर्देशकहरु, बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरु, भुक्तानी प्रणाली सञ्चालकका प्रतिनिधिहरु, भुक्तानी सेवा प्रदायकक ाप्रतिनिधिहरु, एनसीएचलका सञ्चालक समितिका सदस्यहरु तथा वरिष्ठ पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

एनपीएसको पूर्वाधार अन्तर्गत, नेस्नल कार्ड स्विच, सेन्ट्रलाइज्ड सेटलमेन्ट तथा डिस्प्यूट व्यवस्थापन प्रणाली, एआई÷एमएलमा आधारित फ्रण्ड तथा जोखिम व्यवस्थापन प्रणाली र डोमेस्टिक कार्ड स्किम रुपमा नेपालपे कार्ड कार्यान्वयन हुनेछ। यससँगै, राष्ट्रिय भुक्तानी प्रणाली (एनपीएस)को कार्यान्वयनको प्रमुख तथा अन्तिम चरणअन्तर्गतको पूर्वाधार तयारी भएको छ भने आवश्यक सटिफिकेशन र बैंक वित्तीय संस्थाका स्वीचहरुलाई इन्टिग्रेट गरे पश्चात पूर्ण रुपमा व्यवसायीक सञ्चालनमा आउनेछ । यसअघि एनपीएस अन्तर्गत, रिटेल पेमेन्ट स्विच (आरपीएस) र क्रस बोर्डर इन्टरफेस (एनपीआई) नोभेम्बर २०२१ मा सञ्चालनमा आइसकेका छन् ।

एनपीएस–एनसीएस तथा नेपालपे कार्डको तयारी पूरा भएसँगै, बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालकहरू र भुक्तानी सेवा प्रदायकहरूले डोमेस्टिक कार्ड स्किममा इस्यूइङ्ग र अक्वयरिङ्गका लागि साथै अन्य कार्ड स्किमको कारोबारहरु बीच अन्तरआवद्धता कायम गर्न अब आफ्नो स्विचहरू इन्टिग्रेट गर्न सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार