कतारमा १८ जना नेपालीलाई आममाफी

काठमाडौं ।कतार सरकारले त्यहाँ विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ।

उक्त आममाफी इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा प्रदान गरिएको हो।

यसका लागि परराष्ट्र मन्त्रालयले कतार सरकारलाई धन्यबाद दिएको छ।

यो आममाफीले नेपाल र कतारबीच द्विपक्षीय सम्बन्धमा अझ बलियो भूमिका खेलेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार