काठमाडौं । प्रधानमन्त्री केपी ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।
ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।