नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो। राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरसमेत रहेका उनी झापाका हुन्।

नेप्सेको सीईओमा नियुक्त चापागाईले सानिमा रिलायन्स लाइफमा साढे पाँच बर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । त्यसअघि उनले पाथिभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार