काठमाडौं । ओभरसिज नेपालिज इनभेस्टमेन्ट कम्पनीले १० लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आइतबार एक सूचना सार्वजनिक गर्दै जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको जानकारी दिएको छ ।
उक्त शेयर खरिदका लागि तत्काल कम्पनीमा हाल कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक शेयरधनीहरुलाई कम्पनीले ३५ दिनभित्र शेयर खरिद फारम नागरिकता र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन पेश गर्न अनुरोध गरेको छ ।