अपर सेती हाइड्रोको साधारण सभा वैशाख १५ मा, यी हुन् एजेण्डा

काठमाडौं । अपर सेती हाइड्रो लिमिटेडको वार्षिक साधारणसभा २०८२ वैशाख १५ गते हुने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ९औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो ।

कम्पनीका अनुसार साधारणसभा काठमाडौँ ३२ मा हुनेछ ।

साधारण सभामा छलफलका विषयहरुमा साधारण प्रस्तावहरु  संचालक समितिको अध्यक्षज्यको तर्फ बाट आव २०८०।८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीयविवरणहरु (अनुसूची समेत) पारित गर्ने सम्बन्धमा  र आव ०८१/०८२ को लेखा परिक्षण कार्यको लागी लेखा परीक्षक नियुक्तिएवं निजको पारिश्रमीकनिर्धारण गर्ने सम्बन्धका विषय रहेका छन् ।

यस्तै बैठकले संचालक समितिको पनि चयन गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार