काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडले २०८२ वैशाख १५ गते वार्षिक साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको १५ औं वार्षिक साधारणसभा, प्रस्ताव, स्थान र मिति टुंगाएको हो ।
कम्पनीका अनुसार वार्षिक साधारणसभा पोखरा ७ कास्कीमा आयोजना हुनेछ ।
साधारण सभामा छलफलका विषयहरु संचालक समितिको अध्यक्षज्यूको तर्फ बाट आव २०८०/८१ कोवार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीयविवरणहरु (अनुसूची समेत) पारित गर्ने, आव ०८१/०८२ को लेखा परिक्षण कार्यको लागी लेखा परीक्षकनियुक्तिएवं निजको पारिश्रमीक निर्धारण गर्नेलगायत रहेका छन् ।